
ललितपुर।सत्तारूढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आव्हान गरेको छ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, बैठक असार १५ गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्नेछ। बैठकका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरूलाई उपस्थित हुन आग्रह गरिएको छ।
उक्त बैठकमा विकसित राजनीतिक घटनाक्रम, एमालेसँग सत्ता सहकार्यको समीक्षा,संगठनात्मक विषयवस्तु तथा आगामी रणनीतिका सम्बन्धमा छलफल हुने अपेक्षा गरिएको छ।