राजनीति

माधव नेपालमाथि भ्रष्ट्राचारको अभियोग लागेपछि कार्यबाहक अध्यक्षकाे दौडधुपमा खनाल र पाण्डे

काठमाडौं । पतञ्जली जग्गा प्रकरणमा १८ करोडभन्दा बढी बिगो मागदाबीको मुद्दा खेपिरहेका नेकपा (एस) अध्यक्ष माधव नेपालमाथि नैतिक दबाब बढ्दो छ। सांसद पद निलम्बनमा परे पनि उनले नेतृत्व नछाड्ने संकेत दिएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेसँगै संसद सदस्यता निलम्बनमा परे पनि उनी अझै पार्टी अध्यक्षको भूमिकामा सक्रिय छन्। तर नेपाल भने अदालते सफाइ दिने लाइनमा ढुक्क छन् ।

पार्टीभित्र नेतृत्व हस्तान्तरणको औपचारिक छलफल नभए पनि वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष राजेन्द्र पाण्डे विकल्पको रूपमा चर्चामा छन्। तर, दुवैले ‘म नै कार्यवाहक अध्यक्ष’ भन्न नमानेको बताएका छन्। नेता खनालले “यो उहाँमै निर्भर हुन्छ” भन्दै निर्णय माधव नेपालकै हातमा रहेको बताएका छन्।

पार्टीले मुद्दालाई राजनीतिक प्रतिशोधको परिणाम भनेको छ। महासचिव घनश्याम भुसालको तीन बुँदे विज्ञप्तिमा ‘सरकारले षड्यन्त्र गरेको’ ठहर गरिएको छ। प्रधानमन्त्री केपी ओलीको इशारामा अख्तियारले मुद्दा दर्ता गरेको अध्यक्ष नेपालको आरोप छ। नेता नेपालले आफू निर्दोष रहेको र अदालतले न्याय गर्ने विश्वास व्यक्त गरेका छन्। पार्टीभित्र भने दीर्घकालीन क्षति नहोस् भन्ने चासोसाथ नेतृत्व हस्तान्तरणको बहस मौन रूपमा बढ्दैछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *