काठमाडौं । संसदको गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय छलफल निष्कर्षविहीन भएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनको माग राख्दै विपक्षी दलहरूले निरन्तर सदन अवरुद्ध गरिरहेका छन्।
बुधबार सत्ता र विपक्षी दलका प्रमुख सचेतकहरू सहभागी छलफलमा पनि सहमति बन्न सकेन। रास्वपाका प्रमुख सचेतक सन्तोष परियारका अनुसार, विपक्षीको माग स्पष्ट भए पनि सत्ता पक्ष टसमस नभएको कारण बैठक निष्कर्षमा पुग्न सकेन।
आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन। हिजो पनि सहमति नजुटेपछि बैठक स्थगित गरिएको थियो। सत्तापक्ष गृहमन्त्रीलाई सदनमा बोल्न दिनुपर्ने अडानमा छ, भने विपक्षी दलहरू छानबिन आयोग गठनको कार्यादेश (टीओआर)सहित सरकार आउनुपर्ने मागमा अडिग छन्। यस्तो परिस्थितिमा संसद कहिले चल्ने भन्ने विषय अझै अन्योलमै छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ताप्रतिपक्ष दलहरुलाई उक्साएर सदन चल्न नदिने रणनीतिमा लागेका छन्




