देश

संसदमा गृहमन्त्री लेखकलाई बोल्न दिन विपक्षी दलहरु सहमत

काठमाडौँ । विपक्षी दलहरुले प्रतिनिधिसभाको बैठ गृहमन्त्री रमेश लेखकलाई बोल्न दिने भएका छन् ।

सभामुख देवराज घिमिरेसँगको प्रमुख चार दलका मुख्य सचेतक र प्रमुख सचेतकको छलफलमा सभामुखको आग्रह अनुसार गृहमन्त्री लेखकलाई संसदमा बोल्न दिन सहमत भएका हुन् ।

विपक्षी दलहरुले गृहमन्त्रीको जवाफपछि के गर्ने भन्ने निर्णय गर्ने बताइएको छ ।

आज बिहान ११ बजेदेखि बस्ने भनिएको बैठक २ बजेदेखि शुरु हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहित विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग राख्दै संसद अवरोध गरिरहेका छन् ।

यसअघि आज बिहान बसेको विपक्षी दलहरुको बैठकले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाएर अनुसन्धान गर्ने, गृहमन्त्रीले राजीनामा दिने र प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने तीन माग अगाडी सारेका थिए ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *