काठमाडौं । राजसंस्थाको पुनःस्थापनाको मागसहित राजधानीमा भइरहेको प्रदर्शनलाई लिएर सरकार पक्षले गम्भीर प्रश्न उठाएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले ‘राजासहितको नवीन समझदारी’ अनिवार्य भएको बताउँदै आन्दोलनलाई निरन्तरता दिने बताएका छन्। तर, आलोचकहरू भन्छन्—यो आन्दोलन संविधान विपरीतका गतिविधिमा सक्रिय छ र सर्वसाधारणलाई भावनामा फसाएर कानुनी अप्ठ्यारोमा पार्ने रणनीति बनाइएको छ।
आन्दोलनका क्रममा काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै लिङ्देनले जेठ १५ को प्रदर्शनलाई ‘गणतन्त्र र राजतन्त्रबीचको जनमत संग्रह’ सरह भएको दाबी गरे। उनले गणतन्त्रको पक्षमा प्रधानमन्त्रीकै आह्वानमा आयोजना भएको कार्यक्रममा जनसङ्ख्या कम र राजसंस्थाको पक्षमा भीड धेरै भएको दाबी गरे। साथै, सरकार र दलहरूसँग वार्ता र सहमतिका लागि आग्रह पनि गरे। लिङदेनले दाबी गरेजस्तो यर्थता भने होइन्, तीनकुने हिंशात्मक आन्दोलनले तर्सिएपछि नागरिकहरुले राजावादीको आन्दोलनमा सहभागि नहुने जनाएपछि राप्रपाले विभिन्न जिल्लाबाट भाडामा मान्छे आन्दोलनमा भित्र्याएको छ । त्यती होइन्, अध्यक्ष लिङदेनले आन्दोलनमा सरिक हुन सबैलाई पत्र बाढ्दै ज्यू –ज्यू गर्दै हिँडेका छन् । केही दिन अघि मात्र लिङदेन नागरिकहरुलाई आन्दोलनमा सहभागी हुन भन्दै काठमाडौँमा प्रत्येक चिया पसलदेखि घरघरमा पुगेर राजावादीको आन्दोलनमा सहभागी हुन पत्र बाँढेका थिए । विश्व हिन्दु महासंघले चेतावनी दिएको छ—राजनीतिक स्वार्थका लागि धार्मिक भावनाको प्रयोग सामाजिक सद्भावमा खलल पु¥याउँछ। आन्दोलनमा जो जान्छ, उसैले त्यसको जिम्मेवारी पनि लिनुपर्छ भन्ने ठोकुवा गरिएको छ।
विश्व हिन्दु महासंघले पूर्वराजा ज्ञानेन्द्रका नाति हृदयेन्द्र शाहलाई भावी राजा बनाउने प्रस्तावमाथि प्रश्न उठाउँदै, राजा बन्न वंशभन्दा चरित्र चाहिन्छ, भन्ने कडा सन्देश दिएको छ। महासंघले राजसंस्था राजनीतिक संस्था भएकाले समय अनुसार परिवर्तन हुने र धर्मसँग नजोड्न चेतावनी दिएको छ। महासंघले राजावादीको आन्दोलको सम्पूर्ण जिम्मेवारी आयोजक हुनुपर्ने बताइसकेको छ । चैत १५ को तीनकुने प्रदर्शन हिंसात्मक हुँदा एक पत्रकारसहित दुईको मृत्यु भयो। यसपछि आन्दोलनले कानुनी सीमा नाघ्दा मुलुकमा जोखिम बढ्ने संकेत देखिएको छ। आज पनि माइतीघरबाट सुरु भएको जुलुसले बबरमहल बिजुलीबजार सडक कब्जा गर्दा यातायात अवरुद्ध भयो। लिङ्देनले सवारी अवरुद्ध नगर्न भने पनि प्रदर्शनले जनजीवन प्रभावित भएको छ।
राजसंस्थाको बहस भावनाले होइन, विवेक र यथार्थमै आधारित हुनुपर्नेमा जोड दिइँदैछ। संविधान विपरीत आन्दोलन गरेर ‘राजा ल्याउने सपना’ देखाउनु केवल झुन्ड बनाउने प्रयास हो कि वास्तवमै देश चलाउने योजना? अब प्रश्न यो हो—नेतृत्वको चाहना राख्नेहरूले जनभावनाको उपयोग गर्दै देशलाई कता लैजान खोजिरहेका छन्?




