देश

प्रतिनिधिसभा बैठक भोली १ बजेसम्मका लागि स्थगित

काठमाडौं।प्रतिनिधिसभाको बैठक बिहीबार अपराह्न १:३० बजे बस्ने गरी स्थगित भएको छ। सङ्घीय संसद् सचिवालयले सूचनामार्फत बैठकको नयाँ समयबारे जानकारी गराएको हो।

आज बिहान ११:०० बजेका लागि तय भएको बैठक दुई घण्टा ढिला गरी १:०० बजे सुरु भएको थियो। ‘भिजिट भिसा’ का विषयमा अनियमितता भएको भन्दै गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षीलगायत दलले विरोध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको थियो।

निर्धारित समयमा बैठक बस्न नसकेपछि सङ्घीय संसद् सचिवालयले सूचना प्रकाशित गरी आजै पुनः ३:३० बजे बस्ने जानकारी गराएको थियो। सभामुख देवराज घिमिरेले सहमतिका लागि प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरे पनि सहमति जुट्न नसकेपछि बैठक बिहीबारका लागि तय भएको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *