काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आन्तरिक तयारी र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न सोमबार बिहान ९ बजे पदाधिकारी बैठक बोलाएका छन्। बैठक देउवाको निवास बुढानीलकण्ठमा बस्नेछ।
सभापति देउवाले बबोलाएको बैठकका मुख्य एजेन्डामा क्रियाशील सदस्यता नवीकरण,गृह मन्त्रालयमा बढ्दो विवाद रहेका छन् ।
सोमबारका लागि सभापति देउवाले बोलाएको पदाधिकारी बैठकमा महासचिव गगन थापाले अहिलेसम्मको प्रगति बारे ब्रिफिङ गर्नेछन्। थापा सदस्यता व्यवस्थापन समितिका संयोजक समेत हुन्। कांग्रेसले असार मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणको समय सीमा तोकेको छ। यस्तै गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेपछि गृहमन्त्रीको सचिवालयसमेत विवादमा तानिएको छ। यस विषयमा पार्टीको धारणा बनाउन र सम्भावित कदमबारे छलफल हुने बताइएको छ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, पछिल्ला राजनीतिक घटनाक्रम र पार्टीको तयारीबारे गम्भीर समीक्षा हुने अपेक्षा गरिएको छ।




