राजनीति

बालुवाटारमा सभापति देउवा र प्रधानमन्त्रीओलीबीच भेटर्वाता,समसामयिक विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज बालुवाटारमा भेटवार्ता सम्पन्न भएको छ। पछिल्लो समय राजनीतिक समन्वय र स्थिरता विषयमा तीव्र चासो भइरहेका बेला दुबै शीर्ष नेताबीचको यो छलफललाई विशेष महत्वका साथ हेरिएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार यो भेट केही दिनअघि तय भए पनि ओलीको स्वास्थ्य अवस्था कमजोर भएका कारण निर्धारित मितिमा हुन सकेको थिएन। “हिजो नै तय भएको भेट आज सारिएको हो,” सचिवालय सदस्य रामशरण बजगाईंले जानकारी दिए।

प्रधानमन्त्री ओलीको स्वास्थ्य सन्तोषजनक नरहेको जनाइएको छ। सोही कारण आज संसदमा उनको जवाफ दिने कार्यतालिका स्थगित गरिएको छ। सार्वजनिक कार्यक्रम टारे पनि प्रधानमन्त्रीले देउवासँग बालुवाटारमै भेटघाटको समय छुट्याएका हुन्। यद्यपि सचिवालयले औपचारिकरूपमा भेटलाई ‘नियमित संवाद’ भनेको छ, स्रोतहरूका अनुसार भेटमा संसदको काम कारबाही, बजेट सत्रको तयारी, र समसामयिक राजनीतिक वातावरणमा दलहरूको भूमिका लगायत विषयमा छलफल भएको थियो।

संवादको थालनी कि राजनीतिक समीकरणको संकेत?

ओली र देउवा दुवै पक्षले भेटलाई औपचारिकताको रूपमा उल्लेख गरे पनि देशको अस्थिर राजनीतिक परिवेश, संघीयता कार्यान्वयनका चुनौती र आगामी बजेट सत्रलाई हेर्दा, यस्तो संवादलाई गम्भीर राजनीतिक संकेतका रूपमा बुझ्न सकिन्छ। राजनीतिक संवाद सुरु हुनु आफैंमा सकारात्मक हो — अब त्यसले स्थायित्व र सहमति निम्त्याउन सक्छ भने मात्र त्यसको वास्तविक मूल्य हुनेछ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *