काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सरकारको कार्यसम्पादनप्रति प्रश्न उठाउनेहरू ुजादुमय भ्रमु सिर्जना गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै बर्तौलाले सरकार निराशालाई आशामा बदल्दै सही बाटोमा अघि बढिरहेको स्पष्ट पारे।
ूजादुगरले कागजको पत्ताबाट हजारको नोट निकालेजस्तो भ्रम सिर्जना गरिएको छ, तर त्यो वास्तविकता होइन,बर्तौलाले भने। उनले संसदभित्रैबाट निराशाको सन्देश फैलाउने प्रयास भइरहेको भन्दै आपत्ति जनाए। संसद्को तेजोवध गर्ने गरी नीरस भएको भन्दै भ्रम छरिन्छ, तर सरकार दृढताका साथ अघि बढिरहेको छ, उनले थपे।
बर्तौलाले दुई पार्टी मिलेर बनेको सरकारले काम गर्न नसकेको भन्ने आरोपलाई समेत अस्वीकार गरे। उनले केही व्यक्तिहरूले प्रायोजित रूपमा नागरिकको विश्वास टुटाउने खालका अभिव्यक्ति दिइरहेको दाबी गरे। सरकारले सुशासन र समृद्धिको यात्रामा ठोस कदम चालिरहेको छ, उनको भनाइ थियो।
बर्तौलाको यो अभिव्यक्तिले सरकारको आलोचनालाई निराधार भ्रम भन्दै खण्डन गरेको छ भने सरकारले समग्र विकास र जनताको विश्वास कायम राख्न काम गरिरहेको सन्देश दिएको छ।




