काठमाडौं । गभर्नर सिफारिस समितिका सदस्य विश्व पौडेलले समितिबाट राजीनामा दिएका छन्। उनले आजै समितिका संयोजक तथा अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा बुझाएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।
पौडेलको राजीनामा नेपाली कांग्रेसको प्रस्तावसँग सम्बन्धित रहेको बताइएको छ। कांग्रेसले गभर्नर पदका लागि पौडेलको नाम अघि सारेपछि उनले सिफारिस समिति सदस्य पदबाट राजीनामा दिएका हुन्। बालुवाटारमा बसेको कांग्रेस र एमालेका शीर्ष नेताहरूको बैठकले पौडेललाई गभर्नरमा सिफारिस गर्ने निष्कर्ष निकालेको स्रोतले जनाएको छ।
पौडेलको राजीनामा स्वीकृत भएसँगै सिफारिस समितिमा नयाँ सदस्यहरू थप गर्ने तयारी भएको छ। कांग्रेसका एक पदाधिकारीले भने, सिफारिस समितिका बाँकी सदस्यहरूलाई पुनर्गठन गरेर गभर्नर चयनको प्रक्रिया अघि बढाइने छ।ू
गुणाकर भट्टको अस्वीकृतिले खोल्यो नयाँ सम्भावना
यसअघि कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने प्रयास असफल भएपछि कांग्रेसले पौडेलको नाम अगाडि सारेको हो। भट्टको राजीनामा कामु गभर्नर निलम ढुंगानाले स्वीकृत नगरेपछि विकल्पको रूपमा पौडेललाई अघि सारिएको जनाइएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी बैठकमा गभर्नर नियुक्तिका विषयमा ठोस निर्णय लिनुपर्ने बताएका थिए। ओलीजीले गभर्नर नियुक्तिमा फेरि धोका दिनुहुन्न,ू देउवाको भनाइ उद्धृत गर्दै एक स्रोतले जानकारी दियो। अब सिफारिस समितिमा नयाँ सदस्य थप गर्दै गभर्नर नियुक्तिको प्रक्रिया तीव्र बनाइने भएको छ। नेपाली कांग्रेस र एमालेको सहमतिमा अघि बढ्न लागेको यो प्रक्रिया कसरी अन्त्य हुन्छ भन्ने हेर्न बाँकी छ।




