अर्थ

अर्थमन्त्रीद्धारा ३४ बुँदे विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा के समावेश गरिएको छ ? (पूर्णपाठ)

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक २०८२र८३ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गरे ।  अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुहुँदै आर्थिक सुधार गरी रोजगारी र उद्यमशीलताका थप अवसरहरू सिर्जना गर्न सम्पूर्ण श्रोत–साधन परिचालन गर्न जरुरी रहेको बताए । अर्थमन्त्री पौडेलले बजेटमा आर्थिक विकासकालागि निजी र सार्वजनिक क्षेत्र तथा सङ्घ प्रदेश र स्थानीय तह बीच समन्वय र सहकार्यमा जोड दिने बताए ।

अर्थमन्त्री पौडेलले राजश्व परिचालनलाई प्रभावकारी बनाउने, निजी क्षेत्रको सहभागितालाई प्रवर्धन गर्ने, सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई लक्षित वर्ग केन्द्रित बनाउने, सामाजिक सुरक्षामा देखिएको दोहोपनालाई हटाउने, भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गर्ने, राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च बनाउने, सार्वजनिक सेवाप्रति नागरिकको विश्वास बढाउने जस्ता पक्षहरूले विनियोजन विधेयकमा प्राथमिकता पाउने बताए ।

यस्तै आगामी बजेटमा निर्माणाधीन राष्ट्रिय गौरवका तथा ठुला पूर्वाधार आयोजनाहरू सम्पन्न गर्न प्राथमिकता दिने, जलविद्युत, पर्यटन तथा हवाई पूर्वाधारको विकासका आयोजनाहरूलाई उच्च प्राथमिकता दिइने अर्थमन्त्री पौडेलले बताए । अर्थमन्त्री पौडेलले आगामी बजेटमा स्वदेशी कच्चापदार्थमा आधारित उद्योगलाई प्रवर्द्धन गरिने, औद्योगिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्ने, रोजगारी सिर्जना र गरिबी निवारणमा जोड दिइने, युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने गरी कृषि क्षेत्रको यान्त्रिकीकरण र व्यवसायीकरणमा जोड दिने बताए ।

यस्तै, विनियोजन विधेयकमा सूचना प्रविधिमा निजी क्षेत्रको लगानी आकर्षित गरिने, शैक्षिक नजिता सुधारका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरी व्यवस्थित गर्ने जस्ता विषयले प्राथमिकता पाउने अर्थमन्त्री पौडेलले बताए । प्रतिनिधिसभाको आगामी बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रस्तुत गरेका विनियोजन विधेयक २०८२र८३ का सिद्धान्त र प्राथमिकता माथिको छलफल सुरु हुनेछ । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख ३० गते मङ्गलवार बिहान ११ः०० बजे बस्ने छ ।

सिद्धान्त-र-प्राथमिकता-२०८२-०८३-1

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *