देश

भारत-पाकिस्तान घटनाक्रमबारे सुरक्षा परिषद्मा समीक्षा, सुरक्षा चुनौतीबारे छलफल

काठमाडौँ। राष्ट्रिय सुरक्षा परिषद्को बैठकले हालै विकसित भारत र पाकिस्तानबीचको घटनाक्रम र त्यसले नेपालमा पार्न सक्ने सुरक्षा चुनौती तथा असरहरूको विस्तृत समीक्षा गरेको छ।

बुधबार सिंहदरबारस्थित परिषद्को सचिवालयमा प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको ३८औँ बैठकमा उक्त समीक्षा गरिएको हो। बैठकमा विकसित घटनाक्रमबाट उत्पन्न हुनसक्ने परिस्थितिको सूक्ष्म विश्लेषण गरी आगामी दिनमा आइपर्ने परिस्थितिको सामना गर्न उपयुक्त रणनीति अपनाउने सम्बन्धमा छलफल भएको रक्षा मन्त्रालयका सचिव एवं परिषद्का सदस्य–सचिव रामेश्वर दङ्गालले जानकारी दिए।

बैठकमा परिषद्का सदस्य उपप्रधानमन्त्री तथा अर्थमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, रक्षामन्त्री, मुख्यसचिव, प्रधान सेनापति र रक्षासचिवको सहभागिता थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *