काठमाडौं । बैंकिङ कसुर र चेक अनादरसम्बन्धी मुद्दामा दोषी ठहर भएका व्यापारी अमित अग्रवाल जेल चलान भएका छन्।
स्वयम्भूबाट पक्राउ परेका अग्रवाल जरिवाना तिर्न नसकेपछि कारागार चलान गरिएको हो। जिल्ला अदालत काठमाडौंले उनलाई दुईवटा फरक मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको थियो।
२०७८ सालमा दर्ता भएको एक बैंकिङ कसुरको मुद्दामा अदालतले २०८० जेठ २२ गते उनलाई ३० दिन कैद र एक करोड ५० लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। तर, फैसला पछि उनी फरार थिए।
प्रहरीको निगरानीमा रहेका अग्रवाल अन्ततः पक्राउ परी फैसला कार्यान्वयनका लागि जेल चलान गरिएको हो।




