काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसद् भवन पुगेका छन्। संसद्को संयुक्त बैठकमा सम्बोधन गर्दै उनले आगामी वर्षको राष्ट्रिय नीति तथा कार्यक्रम वाचन सुरु गरेका हुन्।
संसद् भवनमा प्रधानमन्त्री, मन्त्रिपरिषद् सदस्य तथा सांसदहरू उपस्थित भइसकेका छन्। संसद्को यो विशेष सत्रले सरकारको नीति तथा कार्यक्रमलाई आधिकारिक रूपमा प्रस्तुत गर्ने परम्परा अनुसार कार्यान्वयन गरिरहेको छ।
युवालाई लक्षित कार्यक्रम सरकारको नीति तथा कार्यक्रम युवा–केन्द्रित हुने संकेत दिइएको छ। विशेष गरीस् उद्यमशीलता प्रवर्द्धन,सीप विकास कार्यक्रमहरू,स्टार्टअप र व्यावसायिक योजनामा सहयोग,सरकारी खर्च वृद्धिसहित विकास परियोजनामा लगानी, साथै सुशासनको प्रत्याभूति दिने विषयमा कार्यक्रम केन्द्रित रहने जनाइएको छ।
संघीय संसद् सचिवालयले नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यतालिका पनि तय गरिसकेको छ। वैशाख २२ देखि २८ गतेसम्म संसद्मा नीति तथा कार्यक्रममाथि विस्तृत छलफल गरिनेछ।
यसपछि वैशाख ३० गते विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथि प्रारम्भिक बहस प्रि–बजेट छलफल) सुरु हुनेछ। यो छलफल संविधानले तोकेको प्रक्रिया अनुसार आगामी बजेट प्रस्तुतिको तयारीका रूपमा लिइन्छ।
बजेट जेठ १५ मा संविधानको व्यवस्था अनुसार, आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट जेठ १५ गते अर्थमन्त्रीले संसद्मा प्रस्तुत गर्नेछन्। बजेटसँगै सरकारको आर्थिक रोडम्याप सार्वजनिक हुने छ। संसद्को यो चरणलाई नीति, योजना र बजेट निर्माणको मूल आधार मानिन्छ, जसमा सरकारको भावी दृष्टिकोण र प्राथमिकता स्पष्ट हुन्छ।




