जलश्रोत/उर्जा

विद्युत् प्राधिकरण साढे ५ अर्ब रुपैयाँ सञ्चित घाटामा ,श्वेतपत्र सार्वजनिक गर्ने कार्यकारी निर्देशक शाक्यको तयारी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको आर्थिक स्थिति अत्यन्त चुनौतीपूर्ण बनेको छ। कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको नेतृत्वमा प्राधिकरणले साढे ५ अर्ब रुपैयाँको सञ्चित घाटा देखिएको बताउँदै सोही आधारमा एक श्वेतपत्र सार्वजनिक गर्न तयारी गरेको छ । मंगलबार भोलि पत्रकार सम्मेलनमार्फत श्वेतपत्र जारी गर्ने तयारीमा छन् नवनियुक्त कार्यकारी निर्देशक शाक्य ।

श्वेतपत्र अनुसार, प्राधिकरणले चालू आर्थिक वर्षको फागुन महिनासम्म ५ अर्ब २६ करोड रुपैयाँको घाटा देखाएको छ, गत आर्थिक वर्षको अन्त्यसम्म प्राधिकरणको सञ्चित नाफा ४६ अर्ब ४७ करोड रुपैयाँ थियो। प्राधिकरणको सम्पत्ति लगभग ६ खर्ब ४४ अर्ब रुपैयाँ रहेको भए पनि यसको कुल दायित्व ३ खर्ब ८५ अर्ब पुगेको छ।तर पूर्व कार्यकारी घिसिङले गैरकानुनी माध्यमबाट प्राधिकरण नाफामा भएको देखाएको बुझिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले वित्तीय संकटको समाधानका लागि श्वेतपत्रमा १० अर्ब रुपैयाँसम्मको अल्पकालीन ऋण लिने प्रक्रिया सुरु गर्ने प्रक्रिया अघि बढाउने बताएका थिए । निर्वतमान कार्यकारी कुलमान घिसिङले प्राधिकरण नाफामा गएको भन्दै यसअघि मिडियामा प्रचार गर्दै आएका थिए । तर उनले भने जस्तो प्राधिकरण नाफामा नभएको शाक्यको दाबी छ ।

नयाँ श्वेतपत्रले प्राधिकरणको सम्पत्ति र दायित्वका बारेमा विस्तृत जानकारी प्रदान गर्दै यसको दीर्घकालीन ऋण र अन्य वित्तीय प्रतिबद्धताबारे खुलासा गर्ने बताइएको छ । यस बीच, प्राधिकरणले विभिन्न ठेक्कापट्टाहरूका लागि ११ अर्ब ६१ करोड रुपैयाँको बिल भुक्तानी गर्न नसकेको र यसका लागि आगामी वित्तीय व्यवस्थापनलाई पुनः परिमार्जन गर्न आवश्यक रहेको स्पष्ट पारिएको छ।

यस आर्थिक संकटलाई सम्बोधन गर्न प्राधिकरणले अघिल्लो कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा देखिएको नाफा र समृद्धिको स्थितिबाट भिन्न परिदृश्य प्रस्तुत गरेको छ, जसले प्राधिकरणको भविष्यमा सुधारका लागि थप चुनौतीहरू ल्याउने सम्भावना खोज्नुपर्ने प्राधिकरणले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *