अर्थ

गभर्नरको कुर्सी तातो! दुई कार्यकारी निर्देशकको राजीनामा, कसको होला भाग्य चम्किलो?

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको दौड तातिँदै जाँदा दुई कार्यकारी निर्देशकको राजीनामा चर्चाको केन्द्रमा छ। प्रतिस्पर्धामा अगाडि देखिएका गुणाकर भट्ट र डा. प्रकाश श्रेष्ठ दुवैले पदबाट राजीनामा दिएका छन्, तर सरकार पक्षबाट अझै ती राजीनामा स्वीकृत भएका छैनन्।

भट्टले शुक्रबार मात्रै राजीनामा दिएका हुन् भने श्रेष्ठले यसअघि नै राजीनामा बुझाइसकेका थिए। कार्यवाहक गभर्नर नीलम ढुगान पनि बलियो प्रतिस्पर्धी मानिएकी छन्, जसले हालसम्म राष्ट्र बैंकको नेतृत्व सम्हालिरहेकी छिन्। ढुगानका अनुसार, “राजीनामा प्रक्रिया अनुसार अगाडि बढ्छ, केही समय लाग्छ तर कार्यान्वयन हुने नै छ।” यद्यपि, राजीनामा दिने क्रम चलिरहेपछि बैंकभित्रै नेतृत्वको अस्थिरताको चर्चा चलेको छ। एकजना कार्यकारी निर्देशकले चिन्ता व्यक्त गर्दै भने, “यदि सबै कार्यकारी निर्देशकले गभर्नर बन्न राजीनामा दिए भने संस्थाको सञ्चालनमै समस्या आउन सक्छ।”

देउवा–ओली सहमति, सरकारको आशा :चाँडै टुंगिन्छ गभर्नर नियुक्ति

गभर्नर नियुक्ति अब अन्तिम मोडमा पुगेको संकेत सरकार पक्षबाट आएको छ। सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सहमति भइसकेको छ। सरकारले गुणाकर भट्टलाई नेपाल राष्ट्र बैैङ्कको गभर्नर बनाउन चाहेको छ ।

काँग्रेस पदाधिकारी बैठकमा देउवाले “गभर्नरको विषय मिलिसकेको” जानकारी दिएका छन्। एमाले पनि अब पहिलेको अडानबाट पछि हटेको देखिँदैछ। सरकारको संयन्त्रको बैठकलेनै केही दिन विवाद समाधान भइसकेकाले सरकारको विवाद समाधान भएको उल्लेख गरेको थियो । विवाद समाधान नहुँदा सरकार परिवर्तनको हल्ला समेत चलेको थियो । तर पछि उच्चस्तरिय बैठकले हाल कुनै समस्या नभएको भन्दै आन्तरिक विवाद टुंगिएको बताएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *