काठमाडौं । सरकार सञ्चालनको शैलीप्रति पार्टीभित्र बढ्दो असन्तुष्टि देखिएपछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरूको आकस्मिक बैठक बोलाए । बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई समेत उपस्थित गराइएको छ। देउवाको सचिवालयका अनुसार, सरकारका कामकारबाहीबारे स्पष्ट जानकारी लिन र पार्टी धारणा तय गर्न बैठक आह्वान गरिएको हो।
बुधबार प्रधानमन्त्री ओलीले आयोजना गरेको सत्ता गठबन्धन संयन्त्रको बैठकमा कांग्रेसका प्रभावशाली नेता उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा अनुपस्थित भएपछि गठबन्धनमा असमझदारी झनै चर्किएको छ । देउवाले बोलाएको आजको बैठकमा यी असन्तुष्टि समाधान गर्ने रणनीतिमा केन्द्रित छलफल हुने अपेक्षा गरिएको छ।
नेपाल राष्ट्र बैङको गभर्नर नियुक्तिको विषय, समसामयिक राजनीतिक घटनाक्रम,बजेट अधिवेशन लगायतका विषयमा समेत फलफल गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।




