राजनीति

सत्ता समीकरणमा हलचल : देउवालाई अफर, ओली चनाखो – कांग्रेसभित्रको असन्तोषले प्रचण्डको रणनीति बलियो

काठमाडौं । सरकारभित्र चुलिंदो असन्तोष र कांग्रेस नेताहरूको चर्को आलोचनाबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डले सत्ता समीकरणमा फेरबदलको प्रयास तीव्र बनाएका छन्। विशेषतः नेपाली कांग्रेसका महामन्त्री गगन थापा लगायत नेताहरूको आक्रोशपछि, प्रचण्डले राजनीतिक लाभ उठाउने अवसर देखेका हुन् ।

कोशी प्रदेशमा माओवादी उम्मेदवारमाथिको अन्तरघात, गठबन्धनको समीक्षा र आलोचनाले कांग्रेसभित्रको आन्तरिक असन्तुष्टि सतहमा आएको छ। प्रचण्डले यसलाई धोकाको संज्ञा दिँदै कांग्रेसभित्रको फुटलाई रणनीतिक रूपले प्रयोग गर्दै छन्। एमालेसँगको गठबन्धन कमजोर बन्दै गएको बेलामा, प्रचण्डले केहीदिनअघि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरे। देउवाले अहिलेसम्म खुला प्रतिक्रिया नजनाए पनि, यस प्रस्तावले एमाले अध्यक्ष केपी ओलीलाई झस्काएको छ।

एमालेभित्रै पनि कांग्रेससँगको सम्बन्ध र देउवालाई सत्ताको नेतृत्व दिने सम्भावनाको प्रभावबारे गहिरो छलफल भइरहेको छ। यसबीच, कांग्रेसभित्र नेतृत्व परिवर्तनको आवाज चुलिएको छ। इतर समूहले १५औँ महाधिवेशनको मिति चाँडो टुंग्याउन दबाब दिइरहेका छन्, तर देउवा भने प्रधानमन्त्री बनेपछि मात्र मिति घोषणा गर्ने संकेत दिइसकेका छन्।

यसबीच, प्रचण्डले कुलमान घिसिङलाई सरकारमा भित्र्याउने योजना बनाइरहेका छन्। त्यस्तै, सहकारी ठगी प्रकरणमा मुछिएका नेताहरूको बचाउ, र संविधान संशोधनको एजेण्डालाई अघि सार्दै प्रचण्डले फेरि पावर गेम मा आफूलाई स्थापित गर्ने रणनीति अपनाएका छन्। तर प्रधानमन्त्री ओलीले सो विषय सिरियस लिएनन्। सोमबार एमालेको सचिवालय बैठकमा नै ओलीले सत्तासमिकरणको हल्ला विगत देखि नै चलाइएको भन्दै त्यो सत्य नभएको स्पष्ट पारे । प्रचण्डलाई सत्ताको मोह बढेपछि जनतालाई सडकमा उर्तार्ने प्रचण्डको रणनीति भएको ओलीले बताए । उनले भनेका छन्–बदलिदो समयमा सत्ता परिवर्तनको कुरा त्यती सहज छैन् ।’

राजावादी आन्दोलन, शिक्षक आन्दोलन, सहकारी पीडित लगायतका सडक संघर्षहरूबीच प्रचण्ड नेतृत्वले सत्ताको पकड मजबुत बनाउने योजना अघि बढाएको देखिन्छ। संविधान संशोधनको विषयमा पनि कांग्रेस–एमाले सहकार्य कमजोर भएको भन्दै आलोचना बढेको छ। विश्लेषकहरू भन्छन्, यदि दुई ठूला दलबीच सहकार्य नबढे, नागरिकमा निराशा अझै गहिरिनेछ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारमाथि पारदर्शिताको कमी, भ्रष्टाचार र सत्ताको दुरुपयोगका आरोप भइरहेका बेला, प्रचण्डले जनमतलाई आफ्ना पक्षमा पार्न संविधान र सत्ता दुवैलाई हातेमालो गराउने तयारी गरिरहेका छन्। कांग्रेसभित्रको असन्तोष, एमालेसँगको असमझदारी र सत्ताको बहसबीच, प्रचण्ड फेरि सत्ता समीकरणमा केन्द्रीत पात्र बनेका छन्। अब देउवाको निर्णय र ओलीको प्रतिक्रिया नै नेपालको राजनीतिक दिशानिर्देश तय गर्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *