देश

बजेट तयारीमा जुट्यो सरकार, प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवको बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) आगामी अर्थिक वर्षको बजेट तयारीबारे छलफल गर्न सबै मन्त्री र सचिवलाई बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त छलफल दिउँसो ३ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार हुनेछ ।

बैठकमा सबै मन्त्री र सचिव सहभागी हुने बताइएको छ । प्रधानमन्त्री ओलीले विभिन्न योजना तथा कार्यक्रमका प्रगतिबारे जानकारी लिँदै आगामी नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न लागेका हुन् । सरकारले नयाँ बजेट जेठ १५ बजे संसद पेश गर्नैपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि मिनी बजेट भनिने सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *