देश

सुरक्षा निकाय संयमित नभएको भए ठुलो क्षति हुने थियो: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संबिधानको रक्षा गर्ने र व्यवस्था विरोधी गतिबिधिलाई रोक्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् ।

संसदको राज्यव्यवस्था समितिमा चैत्र १५ गते तिनकुने घटनाको बारेमा जानकारी दिदै गृहमन्त्री लेखकले व्यवस्था विरोधी गतिबिधिलाई निस्तेज पार्ने प्रतिबद्धता व्यक्त गर्दै शान्ती पूर्णरुपमा आफ्ना कुरा राख्नुपर्नेमा जोड दिए ।

गृहमन्त्री लेखकले समितिमा तिनकुने घटनाको जानकारी दिदै सुरक्षा निकाय संयमित हुदा ठुलो क्षति हुनबाट जोगिएको बताए । उनले प्रदर्शनकारीलाई आयोजकका शिर्ष नेताहरुले संसद भवनसहित संबेदनशील स्थानहरु कब्जा गर्न आदेश दिएको पाइएको बताउदै घटनामा दोषीलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *