काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक नेता तथा सांसद दिपक बोहराको निधन भएको छ ।
रुपन्देही- १ बाट प्रत्यक्ष निर्वाचित सांसद बोहोराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा मंगलबार निधन भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।




