काठमाडौं । गणतन्त्र पक्षधर दलहरूले पछिल्लो समय राजतन्त्र पुनर्स्थापनाका पक्षमा भइरहेका गतिविधिहरूको पछाडि पूर्वराजा ज्ञानेन्द्र शाहको संलग्नता रहेको निष्कर्ष निकालेका छन्। आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा सहभागी दलहरूले संविधानविरोधी गतिविधि र व्यवस्थाविरोधी आन्दोलनहरू शाहकै निर्देशनमा भइरहेका छन् भन्ने निष्कर्ष निकालेको गृहमन्त्री रमेश लेखकले जानकारी दिए।
गृहमन्त्री लेखकका अनुसार दलहरूले संघीय लोकतान्त्रिक व्यवस्था उल्ट्याउने, संविधान समाप्त गर्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पारेका छन्। गणतन्त्र र संविधानविरोधी गतिविधि सैह्य गरिने छैन, गृहमन्त्री लेखकले चेतावनी दिए।
तीनकुने घटनालाई अमानवीय, बर्बरतापूर्ण र गम्भीर अपराधू को संज्ञा दिँदै उनले दोषीहरूलाई कारबाही गरिने बताए।
तीनकुने घटनाप्रति कडा प्रतिक्रिया
चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनालाई बैठकमा सहभागी दलहरूले राष्ट्रविरोधी र षड्यन्त्रपूर्ण भएको ठहर गरेका छन्। तीनकुने घटनाका सबै दोषीहरूलाई कानूनी दायरामा ल्याइनेछ, सरकारले स्पष्ट पारेको छ।
संविधानमाथि खेलवाड गर्न खोज्नेहरूलाई कडा कारबाही हुन्छ, बैठकमा सहभागी नेताहरूले बताएका छन्। गणतन्त्र समर्थक दलहरूको कडा चेतावनीपछि राजतन्त्रपक्षधर समूहहरूको गतिविधि अझ आक्रामक हुन सक्ने भन्दै सरकारलाई धम्की दिदैँ आएका छन् ।




