देश

काठमाडौंमा कर्फ्यु जारी: राजावादी प्रदर्शन नियन्त्रण बाहिर, प्रशासनको कडा कदम

काठमाडौं । काठमाडौंका विभिन्न तीन स्थानमा राति १० बजेसम्म कर्फ्यू जारी भएको छ ।जिल्ला प्रशासन कार्यालयले औपचारिक सूचना जारी गरेर १० बजेसम्म भन्ने जानकारी दिएको छ ।

कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुरक्षाकर्मी माइकिङ गरिरहेका छन् । अर्काे आदेश हुँदासम्म कर्फ्यू जारी रहनेछ ।

नेकपा एसको आलोकनगरस्थित कार्यालय, कोटेश्वर भाटभटेनी, सिनामंगलस्थित नागरिक उड्डयन कार्यालयमा आन्दोलनकारीले तोडफोड गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *