जलश्रोत/उर्जा

प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक शाक्यद्धारा पदबहाली

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गर्दै शाक्यले आफुलाई न्याय भएको महसुस गरेको प्रतिक्रिया दिदै व्यक्तिलाई नभएर संस्थालाई प्राथमिकता दिने बताएका हुन् । शाक्यले आफुले सबैलाई साथ लिएर काम गर्ने र आफुले बढीमा दुई सातामा अहिले देखिएका समस्या समाधान गर्ने बताए ।

शाक्यले अबदेखि लोडसेडिङ नहुने प्रतिबद्धता व्यक्त गर्दै अहिलेको समस्या लोडसेडिङ नभएर रिलायबिलिटी भएको बताए र उनले त्यसलाई छिटै समाधान गर्ने बताएका छन् । उनले डेडीकेटेड लाइन विवादको प्राविधिक समाधान गर्ने बताए । उनले बाहिरबाट हेर्दा राम्रो देखिएपनि भित्र उर्जामा समस्या रहेको समय भएको र यसलाई आफुले सरकारसँग मिलेर समाधान गर्ने बताए । उनले भारतबाट आउने विद्युत नरोकिने दाबी गर्दै यो व्यक्तिको विषय नभएर संस्थाको कुरा भएको टिप्पणी गरे ।

सरकारले कुलमान घिसिङलाई हटाएर शाक्यलाई सोमबार प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो ।

HJJJ2

 

लोडसेडिङ हटाउन प्रयासरत छु : हितेन्द्रदेव शाक्य

नेपाल विद्युत प्राधिकरणको नयाँ नेतृत्व पाएका शाक्यले कसरी उठाउँलान् २२ अर्ब ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *