काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले ७ वटा उपसमिति (कार्यदल) गठन गरी विभिन्न उजुरीहरूको छानबिन अघि बढाएको छ। समितिका सदस्य सञ्जय गौतम नेतृत्वको उपसमितिले ४८ वटा उजुरीको छानबिन आवश्यक रहेको सुझाव दिएपछि यो निर्णय गरिएको हो।
कार्यदल र नेतृत्व :
टेलिकम, दूरसञ्चार र टेलिभिजनसम्बन्धी उजुरी :मनिष झा
अर्थ मन्त्रालय, गैरकानूनी बीमा, मोबाइल बैंकिङ र एमसीसीसम्बन्धी उजुरी : गोकुल बाँस्कोटा
संस्कृति, पर्यटन, नागरिक उड्डयन तथा परराष्ट्र मन्त्रालयसम्बन्धी उजुरी : लेखनाथ दाहाल
विद्युत प्राधिकरण र सहरी विकास मन्त्रालयसम्बन्धी उजुरी : प्रेम आले
सहकारी, वैदेशिक रोजगार तथा धितोपत्रसम्बन्धी उजुरी : सञ्जय गौतम
खेलकुद, नेपाल स्काउट र गैरकानूनी सरकारी जग्गासम्बन्धी उजुरी : देवप्रसाद तिमल्सिना
स्वास्थ्य, क्रसर (क्रशर उद्योग) र केन्द्रीय अनुसन्धान ब्युरोसम्बन्धी उजुरी : तारा लामा
यस्तै समितिमा आएका थप १६ उजुरी तथा भविष्यमै आउने उजुरीको स्क्रिनिङ गर्ने जिम्मा सञ्जय गौतम नेतृत्वको पुरानै समितिलाई दिइएको छ। पोखरा र भैरहवा विमानस्थलमा भएको भ्रष्टाचार छानबिन गर्न बनेको समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन। सरकारको कदमले विभिन्न क्षेत्रका अनियमितता तथा भ्रष्टाचार छानबिनको प्रक्रिया तीव्र बनाउने अपेक्षा गरिएको छ।




