अर्थ

नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड, १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । यसअघिका सबै रेकर्ड तोड्दै सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ५०० रुपैयाँ पुगेको थियो । बिहीबार सार्वजनिक बिदा भएकाले मूल्य निर्धारण भएको थिएन । शुक्रबार भने सुनको मूल्य एकैसाथ ४ हजार रुपैयाँ बढेर तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ पुगेको हो ।

यसअघि सुनको मूल्य १ लाख ७१ हजार रुपैयाँको रेकर्ड थियो । गत बुधबार तोलामा २ हजार रुपैयाँ कायम भएको चाँदीको मूल्य बढेर २ हजार ५० रुपैयाँ कायम भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *