देश

तोसिमा ‘सांसद’ रहन्छिन् कि ‘बाहिरिन्छिन्’? ‘सर्वोच्च’को ‘निर्णायक’ ‘घडी’

काठमाडौं। ललितपुर क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद डा. तोसिमा कार्कीको पद रहने/नरहने आज (फागुन २७) फैसला हुने सम्भावना छ । पछिल्लोपटक यही फागुन ४ गतेका निम्ति तोकिएको मुद्दाको निसु (निर्णय सुनाइने) आजलाई सारिएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट उमेदवार बनेकी डा. तोसिमाको उमेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि विवाद सर्वोच्च अदालत पुगेको थियो ।

सर्वोच्चले अन्तरिम आदेश दिएपछि चुनाव लड्न पाएकी तोसिमालाई उक्त उमेदवारी खारेजी चर्चाको माध्यम बनेको थियो । उमेदवारी कायम भएपछि उनी ललितपुर–३ बाट निर्वाचित भएकी थिइन् ।

गएको पुस २५ देखि डा. तोसिमाको मुद्दा न्यायाधीश डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासमा पर्दै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *