काठमाडौं । सरकारका प्रमुख घटक नेपाली कांग्रेस र नेकपा (एमाले) को उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज साँझ बस्ने भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे बस्ने बैठकमा सरकार सञ्चालनका विषय र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ।
बैठकमा प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, साथै संयन्त्रमा सम्लग्न दुवै दलका अन्य शीर्ष नेताहरू सहभागी हुने छन्।




