काठमाडौं । ठमेलमा प्रहरी कुट्ने विद्यार्थी नेताविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । आइतबार अनुसन्धान सकेर सरकारी वकिलको कार्यायलले अदालमा मुदा दर्ताका लागि पठाएका हो । सरकारी वकिल कार्यालयले नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु स्थायी कमिटी सदस्य कमलराज जोशीसहित ६ जनालाई प्रतिवादी बनाएको छ । सामान्यतया प्रहरीले यस्तो कसुरमा २४ दिनसम्म हिरासत राखेर अनुसन्धान गर्ने भए पनि सत्तारुढ दलनिकट विद्यार्थी संगठनका नेता जोशीको फाइल भने प्रहरीले दुई साता नपुग्दै अघि बढाएको थियो ।
जोशीका साथै गोपालबहादुर शाही, रमेशकुमार फुलारा, नवीनसिंह ऐर, दिनेश सिग्देल र सौजन्य शाहीलाई प्रतिवादी बनाइएको हो । उनीहरु मध्ये सौजन्य भने फरार छन् । उनलाई सरकारी वकिल कार्यालयले प्रतिवादी बनाउँदै अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता गरेको स्रोतले जनाएको छ ।
अखिल नेता जोशीलाई पक्राउ पुर्जीबाट जोगाउन सच्याइएको थियो प्रहरीको कागजात पहिलो पटक अभद्रको कसुर गरेकाको हकमा जिल्ला प्रशासन कार्यालय र दोस्रो पटकदेखि कसुर गरेकाको हकमा भने अदालतले मुद्दा हेर्ने व्यवस्था भएकोले सोही अनुसार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । अखिल नेता जोशी, दिनेश सिग्देल, गोपालबहादुर शाही भने पटके कसुरदार हुन् । उनीहरुविरुद्ध यसअघि पनि ज्यान मार्ने उद्योगको कसुरदेखि अभद्र व्यवहारको कसुरमा समेत मुद्दा चलेको थियो ।




