राजनीति

सभापति देउवाले संस्थापन पक्षीय नेताहरूसँग गरे छलफल, समसामयिक राजनीतिक मुद्दाहरूमा चर्चा

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापन पक्षीय नेताहरूसँग छलफल गरेका छन्। बूढानीलकण्ठस्थित निवासमा बोलाएर सभापति देउवाले शुक्रबार बिहान आफू निकटका नेताहरूलाई बोलाएर छलफल गरेका हुन्।

छलफलमा उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता डा. प्रकाशशरण महत, पूर्व उपसभापति गोपालमान श्रेष्ठ, पूर्व महामन्त्री डा. शशांक कोइराला, पूर्व गृहमन्त्रीहरू विजयकुमार गच्छदार र बालकृष्ण खाँण, पूर्व परराष्ट्रमन्त्री एनपी साउदसहितका नेताहरू सहभागी थिए।

बूढानीलकण्ठ बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारले ल्याएको अध्यादेश, पार्टीको आन्तरिक समीकरणलगायतका विषयमा छलफल भएको बताइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *