देश

अध्यादेश दुबै सभाबाट पारित हुने प्रधानमन्त्रीको विश्वास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको अध्यादेश दुबै सदनबाट पास हुने बताएका छन् । शुक्रबार नेकपा एमाले बागमती प्रदेश इन्चार्ज डा.राजन भट्टराईको नेतृत्वमा गएका जिल्ला इन्चार्जहरूसँगको भेटमा प्रधानमन्त्री ओलीले अध्यादेश दुवै सदनबाट बहुमतले पारित हुनेमा आफू ढुक्क रहेको बताएका हुन् ।

एमाले नेताहरूको मध्यराति साढे १ बजे प्रधानमन्त्रीसँग भएको भेटमा प्रतिनिधि सभा र रािष्ट्रय सभा दुबै सदनबाट सरकारले ल्याएका अध्यादेश पारित हुनेमा आफू ढुक्क रहेको प्रधानमन्त्रीले जवाफ दिएको एमाले नेताहरुले बताएका छन् । सो भेटमा प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल, नेताहरु आनन्द पोखरेल,पार्वत गुरुङ, मनोजजंग थापा, देवी ज्ञवाली, खेम लोहनीलगायतले सहभागिता जनाएको ती नेताले बताए ।

उक्त भेटमा प्रधानमन्त्री ओलीले एमाले नेताहरुलाई पार्टीका गतिविधिका बारेमा स्पष्ट धारणा सार्वजनिक गर्दै सहमतिका आधारमा नै सरकारले ल्याएका विद्येक पास हुने बताएको स्रोतको दाबी छ ।

जसपा र लोसपाले राष्ट्रिय सभामा साथ नदिए अर्को नयाँ राजनीतिक घटनाक्रममा गोटी चाल्ने प्रधानमन्त्रीको आन्तरिक तयारी रहेको स्रोतको दाबी छ । राजनीतिक दल सम्बन्धी अध्यादेश निष्क्रिय भएर सदनमा प्रतिस्थापन नभएका कारण विधेयक आउने सम्भावना समेत देखिएको स्रोतको भनाइ छ ।

मधेशवादी दलहरू भूराजनीतिक दबाबमा परेको विश्लेषण भइरहेका बेला अर्को भूराजनीतिक दबाबकै कारण सीके राउत र रेशम चौधरीले पनि अध्यादेश अस्वीकार गर्दै विज्ञप्ति निकाल्ने तयारी छ । लोसपाले अध्यादेशको विरोध गरेर सरकार नै छाड्नुपर्ने अवस्था आउने विषयमा भने दलहरुबीच छलफल जारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *