काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को तीन दिनसम्म चलेको पहिलो महाधिवेशनले विभिन्न १३ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । नेपाल समाजवादी पार्टीको काठमाडौंमा भएको पहिलो महाधिवेशनले पुराना शक्तिहरूको विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेको छ । यस्तै सो पार्टीले वैकल्पिक समाजवादी शक्ति निर्माणका लागि एक हुन अपिल समेत अपिल गरेको छ ।
महाधविवेशनबाट पारित समसामयिक प्रस्तावमा लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि संविधानका अपूर्णतालाई पूर्णता दिन र देशलाई समावेशी लोकतन्त्र, संघीयता, सुशासन र समृद्घिसहित समुन्नत समाजवादको दिशामा अघि बढाउन नयाँ वैकल्पिक शक्ति निमार्णको अभियानमा संचालनमा ल्याउन उल्लेख गरिएको छ ।
भ्रष्टीकृत पुराना शक्तिहरूको विकल्पमा प्रगतिशील, लोकतान्त्रिक, समाजवादी शक्तिहरुको वृहद ध्रुवीकरण सहित नयां वैकल्पिक समाजवादी शक्ति निमार्णमा एकता हुने सो पार्टीको महाधिवेशनले निष्कर्ष निकालेको छ ।
राजनीतिक दलहरूबीच भएको सत्ता गठबन्धन र सरकार परिवर्तनको अभ्यासले संसदीय राजनीतिमा सकरात्मक सन्देश दिन नसकेको उनले निष्कर्ष निकालेका छन् । सो पार्टीका अध्यक्ष भट्टराईले अर्थतन्त्रमा संरचनागत सुधारमा ध्यान दिदैँ गरिबहरूलाई ऋणमुक्त गर्नुपर्ने आजको प्रमूख आवश्यकता रहेको औँल्याएको छ ।




