
काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले समस्याग्रस्त आयोजनाहरुमा समाधान कार्यालय प्रमूखलाई निर्देशन दिएका छन् ।
मंगलबार मन्त्री सिंहले शहरी विकासमन्त्रालय अन्तर्गतका कार्यालय प्रमुखहरुलाई मन्त्रालयमा बोलाएरै समस्याग्रस्त आयोजनाहरुका बारेमा समस्याको समाधान खोज्न निर्देशन दिएका हुन् । आयोजनामा के कारणले समस्या देखिएको हो, त्यसबारे पहिचान गरी तत्काल समाधान निकाल्न उनले निर्देशन दिए ।
मंगलबार मन्त्रालयमा भएको छलफलमा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जन र नयाँ शहर आयोजनाका निर्देशक एकराज अधिकारीले आफ्नो कार्यालय अन्तर्गतका आयोजनामा रहेका समस्या र चुनौतीबारे जानकारी गराए ।
कतिपय आयोजनामा ठेकेदारले नियतवस काम नगर्दा समस्या देखिएको, केहीमा ठेकेदारले काम गरिरहँदा पनि केही प्राविधिक समस्या भएको र केही योजनाहरु भने अदालतमा मुद्दा परेकाले रोकिएको कार्यालय प्रमूखहरुले मन्त्रिसिंहलाई प्रष्टीकरण दिए ।
समस्याग्रस्त आयोजनाबारे जानकारी लिएपछि उपप्रधानमन्त्री सिंहले कार्यान्वयनमा लैजान नसकिएका, ठेकेदारले काम लिएर कामै नगरेको र काम गर्दागर्दै पनि समस्या भएको आयोजना वर्गीकरण गरेर कानूनसम्मत समाधानको उपाय खोज्नुपर्ने पर्नेमा जोड दिए ।
मन्त्रालयले सहजीकरण गर्दा अघि बढ्न सक्ने योजना भए तत्काल त्यसका लागि आवश्यक काम थाल्न पनि विभाागिय प्रमुखहरुलाई मन्त्रि सिंहले निर्देशन दिए