राजनीति

काँग्रेस सांसद बलायरको प्रश्न- सुदूरपश्चिम प्रदेशले राजधानी कहिले पाउँछ ?

काठमाडौँ । नेपाली काँग्रेसका सांसद वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेशले अहिलेसम्म राजधानी नपाएको उल्लेख गर्दै सरकारसँग जवाफ माग गरेका छन् ।

सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । सुदूरपश्चिम प्रदेश सभाले गोदावरी राजधानी तोकेको पाँच वर्षभन्दा बढी भइसकेको छ । तर सभाले सार्वभौम अधिकार प्रयोग गरेको यो निर्णय यतिबेला अलपत्र परेको छ । प्रदेशको सबै काम कारबाही कैलालीको धनगढीबाट हुँदै आएको छ । सांसद बलायरले संसदमा लगातार दुई वर्षदेखि यही कुरा बोलेको भएपनि सुदूरपश्चिमले राजधानी नपाएको बताए ।

उनले भने ‘गएको सुदूरपश्चिम प्रदेश सभाले सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरी नगरपालिका वडा नं २ मा घोषणा गर्‍यो । त्यहाँको प्रदेश सभाले राजधानी तोक्यो । तर अहिलेसम्म सुदूरपश्चिमले राजधानी नपाउनु संघीयता, संघीय लोकतान्त्रिक गणतन्त्रको निर्माण गर्दाको हस्ताक्षरकर्ता पनि हो म । आज सुदूरपश्चिमले राजधानी नपाउनुको अर्थ के हो ? यसको उत्तर कसले दिने हो ? अढाई वर्षदेखि यहीबारेमा मैले बोल्दै आएको छु । यसको जवाफ चाहिन्छ ।’

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको हस्ताक्षरकर्ता आफू समेत भएको उल्लेख गर्दै उक्त माग सम्बोधन हुनुपर्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *