राजनीति

शेरबहादुर जीको कान र आँखा तगडा छन्,ओलीले सत्ता हस्तान्तरण गर्छु भन्न पर्दैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार सम्झौता अनुरुप देउवालाई सत्ता हस्तान्तरण गर्छु भन्न आवश्यक नरहेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भने, ‘प्रधानमन्त्रीले पटकपटक सरकार हस्तान्तरणको विषयमा बोल्न आवश्यक छैन । शेरबहादुर जीको कान र आँखा तगडा छन् उहाँले सुन्नुभएकै छ । एकपटक भनेमात्रै पुग्छ ।’ उनले सरकार आफ्नै कारणले ढल्ने समेत बताए ।

आफ्नै खुट्टामा टेकेर आफुहरुले सरकार बनाउने उनले बताए । संसदमा बहुमतको दुरुपयोग गर्न खोजिए सडक,सदनमा जवरजस्त प्रस्तुत हुने उनले बताए ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच आपसमा विश्वासको वातावरण नभएको समेत उनले बताए । उनले बर्तमान सरकारप्रति जनता सन्तुष्ट नभएको बताए ।

जनता सरकारलाई नसुन्ने ठाउँ पुगिरहेको उनले बताए । ओली नेतृत्वको सरकारले जनताको पक्षमा काम नगरेपनि जनतामा आँच आउने काम भने गरेको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *