काठमाडौं । रुपन्देशीका एक व्यवसायीमाथि साढे तीन करोड राजस्व चुहावटको आरोपमा अदालतमा मुद्धा दायर भएको छ । बुटवल उपमहानगरपालिका–५, नेपालगञ्ज रोडस्थित अलिम इन्टरप्राइजेजका प्रोपाईटर अलिम मियाँविरुद्ध राजश्व अनुसन्धान कार्यालय बुटवलले मंगलबार उच्च अदालत तुलसीपुरमा मुद्दा दायर भएको हो ।
निज प्रतिवादीले भन्सार छलेर तीन करोड ४३ लाख ३९ हजार ४३३ रुपैयाँ राजस्व चुहावट गरेको उच्च अदालत तुलसीपुरमा दायर आरोप पत्रमा उल्लेख गरिएको छ । राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित) को दफा ३ द्धारा निषेधित कार्य गरी सोही ऐनको दफा ४ को कसुर गरेको पुष्टि भएको राजस्व अनुसन्धान विभागले जनाएको छ । विभागका अनुसार प्रतिवादी विरुद्ध तीन करोड ४३ लाख ३९ हजार ४३३ रुपैयाँ बिगो, सोही बराबर जरिवाना र हदैसम्मको कैद सजाय मागदावी गरिएको छ ।




