राजनीति

ताप्लेजुङ झडपबारे छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसदहरुलाई

काठमाडौं । पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार र आन्दोलनको विषयमा छलफल गर्न गृहमन्त्री रमेश लेखकले आज (मंगलबार) साँझ ५ बजे पूर्वी पहाडका चार जिल्लाका सांसदहरुलाई गृह मन्त्रालय बोलाएका छन् । ताप्लेजुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सांसद योगेश भट्टराई, लीलादेवी बोखिम र उर्मिला थेबे। सुहाङ नेम्वाङलगायतलाई गृहमन्त्री लेखकले बोलाएका हुन् ।

मन्त्री लेखकले छलफलका लागि गृह मन्त्रालयमा मंगलबार अपराह्न ५ बजे बैठक बोलाएको इलाम क्षेत्र नम्बर २ का सांसद सुहाङ नेम्वाङले जानकारी दिए । ताप्लेजुङ, इलाम, पाँचथर र तेह्रथुमका प्रतिनिधि सभा सांसदहरूलाई छलफलका लागि बोलाइएको हो ।

गत शनिबार पाथीभरा केबलकार निर्माण गर्ने क्रममा ‘नो केबलकार’ समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो । पाथीभरा मुकुम्लुङ केबलकार दर्शन प्रालिले त्यहाँ कात्तिक २३ गतेदेखि निर्माणको काम सुरू गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *