राजनीति

कांग्रेसको संसदीय दलको बैठक जारी, हिउँदे अधिवेशनका एजेण्डालाई प्राथमिकता

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी रहेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी बैठकमा विज्ञहरूले अध्यादेशबारे ब्रिफिङलाई प्राथमिकतामा राखेर छलफललाई तिव्रताका साथ अगाडी बढाएका छन् ।

बैठकमा विज्ञहरू प्रताप पौडेल, सेमन्त दाहाल र अरूण पौडेलले सरकारले ल्याएका अध्यादेशबारे ब्रिफिङ गरिरहेका हुन् । यस्तै बैठकमा बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयक तथा यसअघि नै प्रस्तुत भइसकेका विधेयकहरूमाथि पनि छलफल जारी छ । माघ १८ गतेदेखि संघीय संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *