देश

रुपन्देही जिल्ला अदालतका न्यायाधीश योगीको इजलासले रवि लामिछानेमाथि कस्तो गर्ला विश्लेषण ?

काठमाडौं । जिल्ला अदालत रुपन्देहीका न्यायाधीस प्रल्हादकुमार योगीको इजलासमा पोखराको सूर्यदर्शन सहकारी गठी प्रकरण र काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्षी सहकारी ठगी प्रकरणमा दुई जिल्लाका सहकारी प्रकरणमा अदालतको आदेशमा तोकिएको एक करोड,२५ लाख धरौटी बुझाएर रिहा भएका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पाटीका निलम्बित सभापति रवि लामिछानेमाथि बुटबलको सुप्रिम सहकारी ठगी प्रकरणमा बहस गर्ने भएकाे छ ।

रास्वपाका निलम्बित सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने कि धरौटी रकममा बाहिर बसेर मुद्धा लड्ने विषयमा बहस गर्ने भएका छन् । लामिछाने सो सहकारी प्रकरणमा आफूमाथि लागेको आरोपको बयान दिन बुधबार रूपन्देही अदालत हाजिर भएका थिए । लामिछानेविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा आइतबार मुद्दा दायर भएको थियो ।

यस बहसमा रूपन्देही जिल्ला न्यायधिबक्ता प्रेम पौडेल र सह–न्यायधिबक्ता गोकर्ण घिमिरे लगायतले बहस प्रस्तुत गर्नेछन् । लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र बरिष्ठ अधिवक्ता नारायण कंडेलले बहस गर्ने अदालतले जनाएको छ ।वैशाख ३ गते दर्ता भएको मुद्दामा प्रतिवादी बनाइएका सुप्रिम सहकारीका पूर्वअध्यक्ष एवं संरक्षक गितेन्द्रबाबु राईसहितका २८ जनाविरुद्ध वैशाखमा मुद्दा दर्ता भएको थियो ।

जिल्ला सहन्यायाधिवक्ता एवं सूचना अधिकारी उमाकुमारी केसीका अनुसार सुरु मुद्दामा सहकारी ठगीसम्बन्धी मात्र मुद्दा दर्ता भएकाले बिहीबार १७ जनालाई संगठित अपराध पनि थप गरेर मुद्दा दर्ता गरिएको हो । सुरु मुद्दाका २८ जनामध्ये १७ जनालाई थप संगठित अपराध अभियोजन थप गरिएको र ११ जनालाई ठगीमै मुद्दा चलाइएकाे छ ।

अधिकारी केसीका अनुसार थप र पूरक अभियोजनमा ४२ जनाबाट १ अर्ब १२ करोड रुपैयाँ माग दाबी गरिएको छ । सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ । त्यो मध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको छ ।

सरकारी वकिल कार्यालयले अदालतमा बुझाएको अनुसन्धान प्रतिवेदन अनुसार पूरक अभियोजनमा लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहितका थप १४ जना रहेका छन् । सो सहकारी ठगी प्रकरणमा लामिछानेलाई ४ करोड १५ लाख र जोशीलाई ४ करोड २८ लाख रुपैयाँ बिगो माग गरिएको छ । सहकारी ठगी प्रकरणमा लामिछानेसहित मुछिएको जिल्ला प्रहरी कार्यालय, चितवन र पर्साले पनि अनुसन्धान अन्तिम चरणमा पुर्याएका छन् ।

लामिछाने सो सहकारी प्रकरणमा आफूमाथि लागेको आरोपको बयानँ दिन बुधबार रूपन्देही अदालत हाजिर भएका थिए । लामिछानेविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा आइतबार मुद्दा दायर भएको थियो ।रुपन्देहीको मुद्धा सकिएपछि चितवनमा र पर्सामा मुद्दा दर्ता गर्ने सरकारी वकिलको तयारी छ ।

सहकारी ठगी प्रकरणको निष्पक्षताका लागि उच्च अदालत पोखरामा मुद्धा

उच्च अदालत कास्कीले सूर्य दर्शन सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री रवि लामिछानेसहित सात जनालाई धरौटीमा रिहा गर्नुको आधार र कारण पेश गर्न जिल्ला अदालतलाई आदेश दिएको छ । मंगलबार न्यायाधीश राजकुमार खतिवडाको इजलासले सहकारी ठगी तथा संगठित अपराध मुद्दाका प्रतिवादीलाई धरौटीमा छाड्नुको कैफियत प्रतिवेदन पेश गर्न आदेश दिएको हो ।

पुस २५ गते सहकारी ठगी प्रकरणमा देशकै कान्छा न्यायाधीश नितिज राईको इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्धक निर्देशक समेत रहेका लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश अदालतले आदेश दिएको थियो । व्यवसायिक साझेदार पूर्व डिआईजी छविलाल जोशी, जिबी राईकी प्रेमिका भनिएकी लिला पछाई, नेचर हब्र्सका रामबहादुर खनालसहित सात जनालाईपनि धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

उनीहरुले अदालतले तोकेको धरौटी रकम बुझाएर रिहा भएका थिए । अदालतको फैसलामा उनीहरुमाथि निर्दोष नरहेकाले अनुसन्धान गर्दै जादाँ थप कारबाही हुन सक्ने आदेश जारी गरिएको थियो । सूर्य दर्शन सहकारीका पीडितहरुले ‘विगो मागदाबी गरिएको भन्दै निकै कम धरौटीमा रिहा गरेको’ भन्दै निवेदन दिएपछि जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार सातै जनालाई थुनामा राखेर अनुसन्धान गनुपर्ने मागसहित उच्च अदालतमा निवेदन दर्ता गरेको थियो ।

जिल्ला अदालतले प्रतिवादीहरुलाई धरौटीमा रिहा गर्नुको आधार र कारणसहितको प्रतिवेदन बुझाएपछि उच्च अदालतले जिल्ला अदालत कास्कीको आदेश सदर या बदर गर्न सक्छ । यसअघि जिल्ला अदालत कास्कीले सातै जनालाई धरौटीमा रिहा गर्न दिएको आदेश सहकारी पीडितमैत्री फैसला नभएको भन्दै सरकारी वकिलको कार्यालय कास्कीले सोमबार लामिछानेसहितलाई धरौटीमा रिहा भएका अभियुक्तहरुलाई पुन स् थुनामा राख्न माग गर्दै अनुसनधान अगाडी बढाउन उच्च अदालतलाई आग्रह गरेको छ । पुस २५ गते जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सातै जनासँग धरौटी छाड्न आदेश दिएको थियो ।

अदालतले माग गरेको धरौटी बुझाएर सोही दिन ६ जना र लिला पछाई भोलिपल्ट रिहा भएकी थिइन्। अदालतको आदेशबमोजिम रवि लामिछानेले ६५ लाख , पूर्वडीआईजी छविलाल बन्जाडे जोशीलाई ८८ लाख ,लिला पछाईले ३७ लाख, पूर्वप्रहरी रामबहादुर खनालले १५ लाख, पूर्वसांसद मीना गुरुङलाई ५ लाख, मीनाका बुबा कृष्णबहादुर गुरुङलाई एक लाख र आरती गुरुङलाई ५ लाख धरौटी बुझाएर रिहा भएका छन् ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासमा पुस ८ गतेदेखि यो मुद्दाको थुनछेक प्रक्रिया अगाडी बढेको थियो। रविलाई सो सहकारी प्रकरणमा कार्तिक २ गते प्रहरीले नियन्त्रणमा लिएको थियो भने छविलाई असोज ६ गते नियन्त्रणमा लिएको थियो । यस्तै काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी गठी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पनि लामिछाने र जोशीलाई धरौटीमा रिहा हुन आदेश दिएपछि लामिछानेले ६० लाख र जोशीले ५० लाख धरौटी बुझाएर रिहा भएका छन् । छबिलाल जोशी माघ सात गते (सोमबार) ५० लाख धरौटी बुझाएर रिहा भएका छन् भने लामिछाने माघ दुई गते अदातलले तोकेको रकम बुझाएर रिहा भएका थिए ।

उनीहरुविरुद्ध सहकारी ठगी प्रकरणमा अझै तीन जिल्लामा अनुसन्धान हुनेछ । दुई जिल्ला बुटबल र चितवनमा मुद्धा दर्ता भइसकेको छ भने पर्सा जिल्लामा मुद्धा दर्ता हुन बाँकी रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *