राजनीति

सङ्घीय संसद्को अधिवेशन चाँडै बोलाउने गृहमन्त्रीको प्रतिवद्धता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार चाँडैनै सङ्घीय संसद्को अधिवेशन बेलाउने तयारीमा रहेको प्रतिवद्धता जनाएका छन् । प्रेस युनियनले आइतबार कञ्चनपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले सरकारले पास गरेका अध्यादेशहरुबारे विभिन्न टीकाटिप्पणी यदाकदा सुनिने गरेकोले छिट्टै सङ्घीय संसद्को अधिवेशन बेलाएर अनुमोदन गर्न सरकारको तयारी रहेको बत्ताए ।

उनले वर्तमान सरकार विकास र समवृध्दका लागि गठन भएकोले काङ्ग्रेस र एमाले बिच भएको गठबन्धन २०८४ यता कुनै पनि अवस्थामा परिवर्तन नहुने बताएका छन् । उनले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको सकुसल नेपाल फिर्ताका लागि सरकारले कूटनैतिक पहल गरि रहेकोले उनी छिट्टै नेपाल फर्कने समेत विश्वास व्यक्त गरे ।

गृहमन्त्री लेखकले दोधाराचाँदनीमा सुख्खाबन्दरगाहा बनाउने आवश्यक प्रक्रिया पुरा भएकोले तिन महिना भित्री भारत सरकारले निर्माण कार्य सुरु गर्ने समेत बत्ताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *