राजनीति

पीडितमैत्री न्याय सम्पादन हुनु महत्वपूर्ण हुन्छ : राष्टपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेस गरेका हुन् ।

राष्ट्रपति पौडेलले सरकारी मुद्दाको अनुसन्धान, अभियोजन, बहस, पैरवी र प्रतिरक्षालगायत काम अझ वैज्ञानिक, प्रभावकारी र तथ्यपरकमा जोड दिए । मुद्दाको सफलताको प्रतिशत अझ बढाउन सके कानूनी शासनको बढोत्तरी तथा फौजदारी न्याय प्रशासन प्रभावकारी हुने राष्ट्रपति पौडेलले जानकारी दिए ।

मुद्दाको सफलताको प्रतिशत बढाउनभन्दा पनि पीडितले न्याय पाएरनपाएको वा पीडितमैत्री भएरनभएको विषय महत्त्वपूर्ण हुने उनको भनाइ छ । कसुरदारलाई सजाय दिने तर्फमात्र नभई पीडितले क्षतिपूर्तिसहितको न्याय पाउने विषयको सुनिश्चित गर्ने विषयसमेत महान्यायाधिवक्ताको जिम्मवारी भएको राष्ट्रपति पौडेलले बताए ।

महान्यायाधिवक्ता बडालले महान्यायाधिवक्ताको कार्यालयबाट सर्वोच्च अदालतमा बहस र पैरवी तथा प्रतिरक्षा गरिएका मुद्दा, रिट तथा निवेदनको लगत संख्या १४ हजार ७१० रहेकामा तीनहजार ७०० फर्छ्योट भएको जानकारी दिए । उनका अनुसार फर्छ्योट भएका मुद्दामा सरकारी पक्षको सफलता ३६.८४ प्रतिशत रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *