राजनीति

वर्तमान सत्ता समीकरण आगामी तीन वर्षसम्मै चल्छः महामन्त्री थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता समीकरण आगामी तीन वर्षसम्म चल्ने दाबी गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको २३ औं वार्षिक साधरण सभामा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले नेपाली कांग्रेस र नेकपा (एमाल)ले विगतमा नौ महिना, एक वर्ष तीन वर्ष सरकार चलाउँदै गर्दा इतिहासमा गर्व गर्नसक्ने अवस्था बनेको भन्दै वर्तमान सरकारले पनि त्यो खालको काम गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

उनले विगतमा कांग्रेसका गिरिजाप्रसाद कोइराला र एमालेका मनोहन अधिकारी नेतृत्वको सरकारबाट पुष्टि भएको बताए उनले यस पटक कांग्रेस र एमाले मिलेर बनाएको सरकार तीन वर्षसम्म चल्ने भन्दै तीन वर्ष भनेको सानो समय नभएकाले नेपाली नागरिकले बेनिफिट पाउनुपर्ने धारणा व्यक्त गरे ।

‘‘नेपाली कांग्रेस र नेकपा (एमाल)ले विगतमा नौ महिना, एक वर्ष, तीन वर्ष सरकार चलाउँदै गर्दा इतिहासमा गर्व गर्न सक्ने अवस्था बन्दो रहेछ । त्यो विगतमा कांग्रेसका गिरिजाप्रसाद कोइराला र एमालेका मनोहन अधिकारी नेतृत्वको सरकारबाट पुष्टि हुन्छ । यो पटक कांग्रेस र एमाले मिलेर बनाएको सरकार तीन वर्षसम्म चल्छ ।,’’ महामन्त्री थापाले भने , ‘‘तीन वर्ष भनेको सानो समय होइन । तीन वर्ष ठूला पार्टी मिलेर बनेको सरकारले चल्दै गर्दा नेपाली नागरिकले बेनिफिट पाउनुपर्छ ।’’

उनले विगतमा २०४८ सालमा संविधान, २०७० मा संविधान पाएको उदाहरण दिँदै अहिले बिग्रेको अर्थतन्त्रको क्षेत्रमा ठोस रुपमा सुधार हुनुपर्ने बताए । उनले सुधार भए मात्रै दुई पार्टी मिलेर सरकार बनेको अर्थ रहने बताए । उनले केही जनता र उद्योगी व्यवसायीहरुका लागि भनेर वर्तमान सत्ता समीकरणले दिनरात नभनि अर्थतन्त्र सुधारका लागि काम गरिरहेको जानकारी दिए ।

महामन्त्री थापाले भने ‘‘अहिले सबैभन्दा बढी बिग्रेको अर्थतन्त्र हो । अर्थतन्त्रको क्षेत्रमा ठोस रुपमा सुधार हुनुपर्छ । अनि मात्रै दुई पार्टी मिलेर सरकार बनेको अर्थ रहन्छ । नत्र सरकार पहिला पनि थिए चलेकै थियो । वर्तमान सत्ता समिकरणले दिनरात नभनि अर्थतन्त्र सुधारको लागि काम गरिरहेका छौं । निजी क्षेत्रलाई व्यापार व्यवसायलाई सुकुलो र नीतिगत रुपमा सुधार गरौं भन्ने हो । धेरै कुरा बिग्रिएकाले थोरै समय लाग्छ तर वर्तमान सरकारले सम्हाल्छ ।’’

उनले नेपाल उत्पादन जुत्ता ५० लाख जोर जुनसुकै अवस्थामा पनि निर्यात हुनसक्ने अवस्था रहेको भन्दै नेपाली उत्पादनले नेपालभित्र बजार पाउने सम्भावना ठुलो रहेको बताए । उनले सम्भावनाको ठुलो क्षेत्र भएकाले सरकारले यो क्षेत्रलाई प्राथमिकता दिएर काम गर्नु जरुरी रहेको जिकिर गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *