काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का प्रकरणमा आफ्नो आफ्नो संलग्नता नरहेको भन्दै आपति जनाएका छन् ।
काठमाडौंमा बुधबार विद्युत् नियमन आयोगको डकुमेन्ट म्यानेजमेन्ट सिस्टम ९डिएमएस० को उद्घाटन गर्दै मन्त्री खडकाले केही सञ्चारमाध्यमले आफूविरुद्ध गलत समाचार प्रकाशित गरेको भन्दै पुष्टि समेत गर्न चुनौती दिएका छ्न । मन्त्री खड्काले गलत सुचनाले देशमा अशान्ति पैदा गर्ने भन्दै सही सुचनामात्र सम्प्रेशन गर्न आग्रह गरेका छन् । उनले सो घटना पुष्टि गरे पुरस्कारको व्यावस्था गर्ने समेत बताएका छन् ।
जलविद्युत् क्षेत्रमा सरकारको अर्बौं लगानी भएको तर परिणाम ज्यादै कम भएको उल्लेख गर्दै मन्त्री खड्काले बुढीगण्डकी, अपर अरुणलगायत ठूला जलाशययुक्त आयोजना अलपत्र परेको बताए । सबै आयोजनालाई एकैसाथ अघि बढाउने गरी योजना तयार गरिएको उनको भनाइ छ । विद्युत् क्षेत्रमा देखिएका समस्या सरकार र निजी क्षेत्र मिलेर समाधान गर्दै सहज रूपमा अघि बढ्ने वातावरण बनाउन आफू प्रतिबद्ध रहेको मन्त्री खड्काले बताएका छन् ।
मुलुकको समृद्धिको आधार ऊर्जा क्षेत्र भएकाले अधिकतम परिचालन गर्नुपर्नेमा मन्त्री खड्काले जोड दिए । आयोगले सेवाग्राही निकायका लागि प्रवाह गर्दै आएको सेवालाई प्रभावकारी बनाउन अनलाइन सफ्टवेयरमा आधारित प्रणाली डकुमेन्ट म्यानेजमेन्ट सिस्टम ९डिएमएस९ सञ्चालनमा ल्याएको मन्त्री खड्काले बताएका छन् ।




