
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माघको पहिलो साताबाट सदन सुरू हुने बताएका छन् । संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरू’ विषयक छलफल कार्यक्रममा बोल्दै यो सदनबाट अहिले समितिमा रहेका सबै विधेयक पारित गर्ने तयारीका साथ सरकारले काम गरिरहेको बताए ।
महामन्त्री थापाले दुई ठूला दल मिलेर बनेको सरकारलाई विधेयकहरू पारित गराउनको लागि सहजता भएको उल्लेख गर्दै विधेयकहरूलाई अगाडि बढाउन संयन्त्र नै बनाएर काम गरिरहेका बताए । महामन्त्री थापाले माघको पहिलो साताबाट सदन सुरु हुने र सबै विधेयकहरूलाई चैत महिनाभित्र पारित गरिसक्ने बताएका छन् ।
महामन्त्री थापाले सरकारले गरिरहेका कामका बारेमा जानकारी दिदैँ १८/१९ वटा बाँकी विधेयक टुंग्याउनको लागि क्यालेण्डर नै बनाएर काम गरिरहेको उल्लेख गरे । प्रदेश र स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाएर जानुपर्छ भन्ने पक्षमा आफूहरू रहेको उनले बताए । संघीयताको पक्षमा आफूहरू रहेको भन्दै प्रदेश कायम रहनेमा पूर्ण विश्वास रहेको उनले बताए ।