काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाको सिङ्गो टिम नै सरकारको विरुद्धमा उत्रिएर रवि निर्दोष भएको भन्दै रविको बचाउमा लागेका थिए । रास्वपाले त्यतिमात्र गरेन्,उल्टै सहकारीमार्फत सहकारी पीडितले जम्मा गरेको रकम पोखराको सुर्यदर्शन सहकारीबाट रवि लगाएत उनको टिमले हिनामिना गरेको सहकारी छानविन समिति र प्रहरीको निष्कर्षका आधारमा पीडितले आफूहरुले जम्मा गरेकोे रकम हिनामिना भएपछि फिर्ताको माग गर्दै प्रदर्शन गर्ने क्रममा रास्वपाले सहकारी पीडितमाथि नै आक्रमण गरेको थियो ।
आफ्ना सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा फसाउन लागेको भन्दै सहकारी पीडितलाई नै मारमा पार्ने कार्यमा संलग्न भएको थियो रास्वपा । आगामी मंशिर १६ गते हुने स्थानीय तहको उपनिवार्चनको मिति नजिकिएपछि उक्त निर्वाचनलाई प्रभावित पार्न रास्वपाले दोहोरो चरित्र देखाउँदै अहिले आफुहरु सहकारी पीडितको पक्षमा रहेको बताउँदै आएको छ । मंगलबार रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले एक विज्ञप्ती जारी गर्दै सहकारी बचतर्कता संरक्षण राष्ट्रिय अभियानको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । अभियानले गर्न लागेको काठमाडौँ केन्द्रित आन्दोलनको पूर्वसन्ध्यामा आज विज्ञप्ति सार्वजनिक गर्दै रास्वपाले ऐक्यवद्धता प्रकट गरेको हो । बचत फिर्ताका लागि सरकारलाई खबरदारी गर्न अभियानले बुधबार काठमाडौँमा प्रदर्शन गर्ने जनाएको छ ।
सहकारी पीडितको आन्दोलनमा रास्वपाले उपनिर्वाचनको मिति नजिकिएपछि ऐक्यवद्धता जनाउने विज्ञप्ती सार्वजनिक गरेपछि रास्वपा मौका हेरर एजेण्डा परिवर्तन गर्ने पार्टी भएको सहकार पीडितहरुले बताएका छन् । यदि रास्वापाले सहकारी ठगी प्रकरणमा आफ्ना सभापति पक्राउ परेदेखि नै सहकारी पीडितको पक्षमा बहस गरेर लामिछानेमाथि भइरहेको अनुसन्धान प्रभावित पार्ने काम नगरेको भए सहकारी पीडितले यस्तो जवाफ दिदैँन थिए ।
सहकारी ठगीको आरोपमा रवि लामिछाने पक्राउ परेपछि उनलाई रिहाइ गर्न माग गर्दै रास्वपाको सिङ्गो टिम शक्ति प्रदर्शन गर्दै सरकारका विरुद्धमा अनैतिक क्रियाकलाप गर्दै आएको छ । सहकारी पीडितले सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापतिलाई पार्टीले कारबाही गर्न नसकेको भन्दै आलोचना गरेका छन् । यस्तै सहकारी पीडित विनोद कार्कीले रास्वपाले सहानुभूति व्यक्त गर्दै स्थानीय तहको उपनिर्वाचनमा मतपरिणाम जम्मा गर्न यस्तो फन्डा निकालेको बताएका छन् । रास्वपाले एकातर्फी गतिविधि गरिरहेको छैन् । रास्वापाले सहकारी पीडितलाई सहानुभूति व्यक्त गर्दै अर्को तर्फ सहकारी ठगीको बचाउमा लागेको छ ।
स्थानीय तहको उपनिर्वाचनमा अहिले रास्वापा सभापति कारागारमैँ हिरासतमा हुने भएपछि रास्वपा चिन्तामा छ । अहिले विगतमा जस्तो स्थानीय तहको उपनिर्वाचनमा रास्वपाका उमेदवारले सोचेजस्तो मत पाउने स्थिति छैन् । रास्वपाले विगतमा जनतासम गरेका प्रतिवद्धता अहिले फेल भइसकेको आम जनताले बुझि सकेका छन् । विगतका निर्वाचनमा रास्वपा देशको नयाँ पार्टी , नयाँ सोचले अघि बढेर देश विकासमा आमूल परिवर्तन ल्याउन अपेक्षाका साथ मतदान गरेका नागरिकहरुले अहिले विगतमा जस्तो रास्वपालाई पूर्ण विश्वास गर्ने ठाउँ नभएको बताउँदै आएका छन् । यस्तै सहकारी पीडितहरुले रवि जोडिएको सहकारीबाटै बचत फिर्ताको प्रक्रिया शुरु गर्न रास्वपालाई ध्यानाकर्षण गराउँदै आएका छन् ।





