राजनीति

स्थानीय तह उपनिर्वाचनका लागि कांग्रेसद्वारा उम्मेदवारको नाम सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । कांग्रेस केन्द्रीय समितिले मनोनयन दर्ता भएका उम्मेदवारको नामावली सार्वजनिक गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

दुई ठूला दल नेपाली कांग्रेस र एमाले आसन्न स्थानीय तह उपचुनावमा सहकार्य गरेर अघि बढ्ने निर्णय गरेका छन् । रुकुमपश्चिमको पुथा उत्तरगंगा गाउँपालिकामा दुई दलले साझा उम्मेदवार उठाएका हुन् ।

ओखलढुंगा र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा पनि कांग्रेस-एमालेबीच तालमेल गर्ने सहमति भएको छ । जसअनुसार दुबै जिसस प्रमुखमा एमालेले कांग्रेस उम्मेदवारलाई सघाउनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *