काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनमा कांग्रेस पहिलो पार्टीको रूपमा प्रकट हुने बताएका छन् ।आइतबार कीर्तिपुरको मेयरमा आफ्नो पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले देशभरको तथ्यका आधारमा आफुले यस्तो बताएको उल्लेख गरे ।
मतदाताले दिएको मतलाई कांग्रेसले सदैव सम्मान गर्ने भन्दै उनले अधिकांश स्थानमा कांग्रसकै जित हुने बताए । अहिलेको लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन र स्थानीय तहलाई जनमुखी बनाउन पनि कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको शर्माको भनाइ छ । प्रधानमन्त्रीलाई जिम्मेवारीपूर्वक काम गर्न सकारात्मक दबाब दिन पनि मतदाताले कांग्रेस उम्मेदवारलाई जिताउने उनको भनाइ छ ।




