देश

सहकारी ठगी प्रकरणमा रविमाथि चौँथो पटक म्याद थप, १३ दिन हिरासतमा राख्न अदालतको आदेश

काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न चौथो पटक म्याद थप गरिएको छ । लामिछानेमाथि थप १३ दिन हिरासतमा राख्न कास्की अदालतले अनुमति दिएको छ । आइतबार कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलास रविलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको म्याद सकिएपछि रविमाथि थप अनुसन्धान गर्नका लागि पुनः म्याद थप गरिएको हो । रविसँगै सहकारी ठगी प्रकरणमा हिरासतमै रहेका पूर्वडीआइजी छविलाल जोशी, लीला पछाई र रामकुमार खनाललाई पनि १३ दिन म्याद थप गरिएको छ ।

सरकारले सहकारी ठगी प्रकरणमा उनीहरुमाथि च सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दा चलाएको छ । रास्वापका नेता तथा कार्यकर्ताहरुले सडकमा भिड जम्मा गरेर हल्ला गर्दै आएका छन् । रास्वपा कार्यकर्ताहरुले रविको रिहाइका लागि सडकमा गरेको प्रदर्शन र सरकारविरोधी कार्यले रास्वापाको वेट घटाइरहेको छ । अदालतको अनुसन्धान प्रभावित पार्ने खेलमा लागेको रास्वपालाई सरकारले अदालतको आदेश कुर्न आग्रह गर्दै आएको छ ।

सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो । पुनः दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो । कातिक १५ मा अदालतले १० दिनको म्याद थपेको थियो । यस्तै आज कास्की जिल्ला अदालतले पुनः चौँथो पटक १३ दिनको म्याद थप गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *