रिबन

अमेरिकामा रिपब्लिकन पार्टीबाट ४७ औँ राष्ट्रपतिमा डोनाल्ट ट्रम निर्वाचित

फ्लोरिडास्थित आफ्नो निर्वाचन अभियानको मुख्यालयमा उपस्थित समर्थकहरूको भिडलाई सम्बोधन गर्दै रिपब्लिकन नेता डोनल्ड ट्रम्पले रिपब्लिकनहरूले आजको दिनलाई भविष्यमा फर्केर हेर्दा ‘आफ्नो जीवनको सबभन्दा महत्वपूर्ण दिनमध्ये एक मान्ने’ बताएका छन् ।

“अमेरिकाले हामीलाई अभूतपूर्व र बलियो जनादेश दिएको छ,” उनले सिनेटमा पनि रिपब्लिकनको नियन्त्रण पुनस्थापित भएकोतर्फ सङ्केत गर्दै भने । सीमा व्यवस्थापन गर्ने र देशलाई एकिकृत गर्दै अघि बढ्ने प्रतिवद्धता जाहेर गर्दै उनले भने ।

सम्बोधनका क्रममा उनले आफ्नी श्रीमति मेलानियाका साथै परिवारका सदस्यसहित सम्पूर्ण शुभेच्छुक मतदाताहरूलाई धन्यवाद दिएका छन् । उनले समर्थकहरूलाई गरेको सम्बोधनलाई आफ्नो विजय भाषणको रूपमा प्रयोग गरेका छन् ।

मतपरिणामको आधिकारिक घोषणा भइसकेको छैन तर निर्वाचन परिणामका प्रक्षेपणहरूले ट्रम्प जितको नजिक पुगेको जनाइरहेका छन्। समाचार तयार पार्दासम्म ट्रम्पले छ करोड ८८ लाख ७७ हजार २९३ मत प्राप्त गरेका छन, भने ह्यारिसले छ करोड ३६ लाख १३ हजार ९५१ मत प्राप्त गरेकी छन् । नेपाली समय अनुसार बुधबार मध्यान्नसम्ममा रिपब्लिकन नेता ट्रम्पले मङ्गलबार खसेको कुल मतको ५१.१ प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छन भने डेमोक्र्याटिक पाटीका तर्फबाट उम्मेदवार भएका उपराष्ट्रपति कमला ह्यारिसले ४७.२ प्रतिशत मत प्राप्त गरेका छन् ।

१० इलेक्टोरल भोट भएको विस्कन्सिन र ३ इलेक्टोरल भोट भएको अलस्कामा रिपब्लिकनको जित पक्का भएको छ । योसँगै राष्ट्रपतिमा ट्रम्पको इलेक्टोरल भोट २७९ पुगेको छ । राष्ट्रपति निर्वाचित हुनका लागि २७० इलेक्टोरल भोट भए प्रयाप्त हुन्छ ।

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उमेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी बनेका छन् । तर। उनी विजयी भएको औपचारिक घोषणा भने हुन बाँकी नै छ । अमेरिकी राष्ट्रपतिमा विजयी हुनको लागि ५३८ इलेक्टोरल भोटमा २७० आवश्यक पर्छ । निर्वाचनको मतगणना जारी रहे पनि ट्रम्पले २७६ इलेक्टोरल भोट प्राप्त गरिसकेका छन्, जुन राष्ट्रपतिमा विजयी हुनको लागि पर्याप्त हो ।

डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतिको उमेदवार कमला ह्यारिसले हालसम्म २१९ इलेक्टोरल भोट प्राप्त गरेकी छन् । ह्यारिस वर्तमान उपराष्ट्रपति पनि हुन् ।  ट्रम्प यसअघि पनि अमेरिकाको राष्ट्रपति भइसकेका व्यक्ति हुन् । उनी जनवरी २०, २०१७ देखि जनवरी २०, २०२१ सम्म अमेरिकाको ४५औँ राष्ट्रपति रहेका थिए । त्यति बेला उनले डेमोक्रेटिक पार्टीकी उमेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका थिए । 

ट्रम्पले दोस्रो कार्यकालको लागि सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनमा पनि रिपब्लिकन पार्टीको तर्फबाट उमेदवार बनेका थिए । उनी त्यतिबेला डेमोक्रेटिक पार्टीका उमेदवार तथा हालका राष्ट्रपति जो बाइडेनसँग पराजित भएका थिए । ट्रम्पले यसपटक समेत गरी लगातार तेस्रोपटक अमेरिकी राष्ट्रपतिमा उमेदवारी दिएका हुन् । यसपटक उनी पुनः विजयी बनेका छन् । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *