काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको सालिकमा माल्यार्पण गरेका छन् ।
प्रधानमन्त्री ओलीले नेपाल संवत् नयाँ वर्ष ११४५ को उपलक्ष्यमा शङ्खधर प्रतिष्ठानद्वारा शनिवार भक्तपुर स्थित शङ्खधर चोकमा आयोजित माल्यार्पण कार्यक्रममा नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका हुन् । उनले राष्ट्रिय विभूति साख्वाको प्रतिमामा माल्यार्पण गर्दै उनको योगदानको स्मरण गरे ।







